राम शर्माले लेखेको गीतमा प्रमोद खरेलको स्वर

...

काठमाडौँ । गीतकार राम शर्माले आफ्नो नयाँ गीत ‘किन रुनु हुन्न र मर्दले’ सार्वजनिक गरेका छन् । जसमा लोकप्रिय गायक प्रमोद खरेलको स्वर रहेको छ । आर.एल. क्रिएसन युट्युव च्यानलमा सार्वजनिक गीतको भिडिओ शनिबार बेलुका सार्वजनिक गरिएको हो ।

गीतमा संगीत रोशन सिंहको छ भने एरेन्ज विशाल निरौलाले गरेका छन् । भिडिओमा विक्रम बुढाथोकी र एलिना रायमाझीले अभिनय गरेका छन् । भिडिओमा एक बिवाहित जोडीको कथालाई देखाइएको छ । जसमा विक्रम श्रीमान र एलिना श्रीमतीको भूमिकामा देखिएकी छिन् ।

भिडिओको कथा र निर्देशन विक्रम चौहानको हो । बुद्ध थापाको छायांकन रहेको भिडिओलाई लक्ष्मण चौहानले सम्पादन गरेका छन्। आर्टिष्ट खबरका प्रस्तोता समेत रहेका लक्ष्मण शर्मा यो भिडिओका निर्माता हुन् । उनले यसपछि पनि अन्य गीतहरु बजारमा ल्याउँदै जाने बताएका छन् ।