पैसा खाएको आरोप लागेपछि हरिवंश आचार्य भन्छन् दुष्प्रचार गरियो

...

काठमाडौँ ।  पैसा खाएको आरोप लागेपछि विवादमा तानिएका महजोडी हरिवंश आचार्य भन्छन् टेलिचलचित्र बनाएबापत लिएको रकम धर्मसँग जोडेर दुष्प्रचार गरियो । कलाकार  हरिवंश आचार्यले अमेरिकी विकास सहायता कार्यक्रम (युएसएआइडी) को रकम धर्म प्रचारका लागि लिइएको भन्ने सामाजिक संजालका आरोपहरूको खण्डन गरेका छन् । यसकारण फेसबुकमा भिडियो सन्देश सेयर गर्दै उनले युएसएआइडी र नेपाल सरकारसँगको सहकार्यमा महसंचारले विभिन्न जनचेतनामूलक टेलिचलचित्र बनाउँदै आएको भन्दै प्रष्टीकरण दिएका छन् ।

टेलिचलचित्र निर्माण गरेबापत लिइएको रकम धर्मसँग जोडेर सामाजिक संजालमा दुष्प्रचार गरिएको भन्दै उनले भत्र्सना गरेका हुन् । उक्त अमेरिकी सहायता परियोजना र सरकारसँग मिलेर महसंचारले ‘असल लोग्ने’, आमा, मदनबहादुर हरिबहादुर, गाउँकी तारा लगायतका टेलिफिल्म निर्माण गरेको उनले उल्लेख गरेका छन् ।

यसै सन्र्दभमा हरिवंश लेख्छन्– ‘विभिन्न जनचेतनामूलक सामाजिक विज्ञापन निर्माण गरेका छौं, जसको कुल अवधि ३७ घन्टा लामो छ, जुन हाम्रो युट्युव च्यानलमा पनि हेर्न सकिने छ । यस टेलिचलचित्रहरू निर्माण गरेबापत लिइएको रकम धर्मसँग जोडी सामाजिक संजालमा गरिएको दुष्प्रचारप्रति भत्र्सना गर्दछौं ।’ उक्त परियोजना अन्तर्गत बनाइएको टेलिफिल्म ‘असल लोग्ने’को पूरा अंशसमेत फेसबुकमा उनले सेयर गरेका छन् ।