काठमाडौँ । सदाबाहर अभीनेत्री रेखाा थापा र पछिल्लो पुस्ताकी लोकप्रीय नायिका पूजा शर्मालाई एकसाथ एक्सन फिल्ममा देख्न पाईने भएको छ । गत वर्ष यी दुई नायीका एकसाथ उपहार चलचीत्रमा देखीएका थीए ।
अभिनेत्री पूजा शर्माले ‘दान्भी’ रिलिजको बेला हल ‘भिजिट’को क्रममा ‘काली २’ बन्न लागेको घोषणा गर्दै आफू र रेखा थापाको मुख्य भूमिका रहने जानकारी गराएकी थिइन् । तर, अब रेखा र पूजा दोस्रो पटक एकसाथ देखिन लागेको फिल्म सविर नयाँ नाम र नयाँ कन्सेप्टमा बन्ने बुझीएको छ ।
दुई अभीनेत्रीको एक्सन अवतार देख्न पाईने यो चलचित्रको यही वर्ष (२०८१)को अन्त्यसम्म छायांकन सुरु गर्ने तयारी भइरहेको छ ।
यता रेखा थापाले पनि केही दिनअघि नयाँ फिल्मको स्क्रिप्टमा काम भइरहेको जनाएकी थिइन् । उनले भनेकी थिइन्, ‘यतिबेला स्क्रिप्टको काम भइरहेको छ । नहतारिकन एकदमै बबाल फिल्म लिएर आउँदैछु । यसैले स्क्रिप्टमा दिनरात मिहिनेत भइरहेको छ । ढिला आउला तर दामी फिल्म ल्याउन खोजेका छौं ।’ उनी पछिल्लो पटक ‘उपहार’मा देखिएकी थिइन्, जसमा शीर्ष भूमिकामा पूजा पनि थिइन् । यसबाट अब रेखाा नेपाली सीनेमामा पुन सक्रीय रहने बुझ्न सकीन्छ ।







२९ माघ २०८१, मंगलवार १३:३६ 








