काठमाडौँ । यी नेपाली कलाकार जसले आफ्नो घरकोे भित्तामा युट्युबको लोगो राखेका छन् । टिभी सिरियलका चर्चित कलाकार राजु पौडेल (राजु मास्टर) ले आफूले बनाएको नयाँ घरको भित्तामा युट्युबको लोगो डिजाइन गरेका छन् । उनको घर देख्ने जो कोहीलाई आश्चर्य लाग्न सक्छ — राजुले किन यसरी भित्तामा युट्युबको लोगो राखे?
तर यसपछाडि डिजिटल आम्दानीको कुरा जोडिएको छ । उनी भन्छन् कति कलाकारहरू युट्युबबाट राम्रो कमाइ गरे पनि खुलेर भन्नुहुन्न । मैले छोटो समयमै युट्युबबाट मात्रै कमाएको पैसाले घर बनाएको हुँ । यसमा गर्व लाग्छ । त्यही कारण पनि युट्युबको लागो राखेको हुँ।
राजुले ललितपुरको चापागाउँमा घर बनाएका छन् ।







११ फाल्गुन २०८१, आईतवार १०:०२ 








