माग्ने बुढा घाइते

...

काठमाडौं । फिल्म छायांकनका क्रममा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ घाइते भएका छन् । मुस्ताङमा ‘जेरी अन टप’ फिल्म छायांकन गर्ने क्रममा घिमिरे घाइते भएको स्रोतले बताएको छ ।

मुक्तिनाथ क्षेत्रमा फिल्मको छायांकन भइरहेको थियो । छायांकनकै क्रममा बिहीबार रिफ्लेक्टरको टुक्रा उछिट्टिएर घिमिरेको टाउकोमा लागेको हो । उनको स्थानीय अस्पतालमा उपचार गरिएको र टाउकोमा ४ वटा टाका लगाइएको र घिमिरेलाई केही दिन आराम गर्न चिकित्सकले सल्लाह दिएको बुझिएको छ  ।