काठमाडौं । निर्माण हुन लागेको कथानक फिल्म ‘कार्की साइँला’मा अभिनेता जितु नेपाल अनुबन्धित भएका छन् । कर्णबहादुर फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने फिल्मलाई राजेन्द्र बस्नेतले निर्देशन गर्नेछन् ।
प्रस्तुतकर्ता कृष्ण भगत चाम्लिङ हुन् । बालकुमार राई र श्याम मगर निर्माता रहेको फिल्मले ग्रामीण जीवनका भुइँमान्छेको कथा भन्ने निर्देशक बस्नेतले बताए । धनकुटामा छायांकन हुने यो फिल्मका लागि अन्य कलाकारको छनोट प्रक्रिया अगाडि बढाइएको निर्माणपक्षले बताएका छन् ।







२८ चैत्र २०८१, बिहीबार ११:५० 








