नाटकमा डेब्यू गर्दै रेखा

...

काठमाडौँ । अभिनेत्री रेखा थापा नाटकमा डेब्यू गर्दैछिन्। नपाली सिने नगरीकि नम्बर वान नायिका रेखा थापाले नाटकमा डेब्यु गर्ने भएको छिन्। अन्य कलाकारहरु थिएटर हुदै चलचित्रमा प्रवेश गर्छन् तर उनि भने यतिबेला थिएटर जोइन गर्दै छिन्।

उनले कान्तिपुर फिल्म एकेडेमीको फिल्म ’मीरा’ बाट नाटकमा डेब्यू गर्न लागेकी हुन्। कान्तिपुर फिल्म एकेडेमीले गत महिना अभिनेता राजेश हमालबाट शिलान्यास गरेर नक्साल गैह्रीधाराको आफ्नै परिसर बनाएको हो। जसमा ओपनिङ नाटक रूपमा ’मीरा’ मञ्चन हुने छ ।

दीपक सिंजाली लिखीत उपन्यास ’मीरा’ मा आधारित नाटकमा एक महिलाको परिवार र समाजसँगको विद्रोहको कथा छ। नाटकको नाट्य रूपान्तरण र निर्देशन सुन्दर धितालले गर्दैछन्। अन्य पात्रहरूको बारेमा केही दिनमा सार्वजनिक गरिने कान्तिपुर थिएटरले जानकारी गराएको छ।