काठमाडौँ । सांगीतिक तथा रियल जोडी देवी घर्ती मगर र राजु ढकालले ’झलीको झलल’ बोलको गीत सार्वजनीक गरेका छन् । रोचक कुुरा के छ भने गीतको भिडिओमा पनी देवी र राजुलाई नै देख्न सकीन्छ । गाउघर मेलापात र मायाप्रेममा आधारित रहेर तयार पारिएको यो गीतका शब्द नविन रानाले लेखेका हुन् । संगीत तथा संगीत संयोजन एचबिएन किस्मतको छ । गीतमा आवाज देवी घर्ती मगर र राजु ढकालले भरेका छन् ।
गीतमा पिरती लाउदिनौ साईली, पिरती लाउदिनौ..
भेट्ननि आउदिनौ साईली,भेट्ननि आउदिनौ… भन्दै राजु ढकालले देवी घर्तीलाई फकाईरहेका छन् ।
देवी घर्तीको अफिसियल युट्युब च्यानलमा हिजो सार्वजनिक भएको यस गीतले दर्शकस्रोतामाझ राम्रो प्रतिक्रिया पाइरहेको छ । हामिले समचार तयार बनाउँदासम्म गीतलाई एक लाख हाराहरीमा भ्युुज मिलिसकेको छ ।







१७ बैशाख २०८२, बुधबार १७:४६ 








