आर्टिस्ट फस्टः पहिलो प्रेमप्रस्ताव कक्षा ५ मा, पहिलो कमाई ३५ सयः सुरजनी केसी

...

माघ, काठमाडौं । नेपाली कलाक्षेत्रमा आजभन्दा आठ बर्ष पहिले फोटो सुटबाट प्रवेश गरेकी सुरजनी केसी यतिखेर आफुलाई गुड एक्ट्रेसको रुपमा चिनाईसकेकी छिन् । पछिल्लो समय केहि चलचित्र, थुप्रै म्युजीक भिडियोमा अभिनय तथा टेलिभिजनको कार्यक्रम प्रस्तोता समेत बनेकी सुरजनी अभिनय कला सँगसँगै सञ्चारकर्मि समेत बनिसकेकी छिन् ।
Nepali Actress Surjani Kc

यसैबिच नायिका तथा मोडल सुरजनीसँग आर्टिस्ट खबरले आर्टिस्ट फस्ट सेग्मेन्टमा गरेको कुराकानीः

तपाईको पहिलो नाम ?
मेरो पहिलो नाम नै सुरजनी हो । मेरो पापाको र मामुको नाम मिस्क गरेर मेरो नाम बनेको हो । पापाको सुरज र मामुको चाँही रजनी ।

पहिलो घर ?
मेरो पहिलो घर सानेपामा हो । अहिले चाँही इमाडोलमा ।

पहिलो स्कुल ?
सानेमा मै रहेको ज्ञानोदय बालबाटिका स्कुल हो ।

पहिलो साथी ?
मेरो पहिलो नर्सरी पढ्दा देखीको साथी सृष्टि काफ्ले हो । उ र म पहिलो पटक नर्सनी कक्षामै भेट भएको हो । एकदम मिल्ने गर्थेऊँ ।

पहिलो प्रेम ?
पहिलो प्रेमको कुरा गर्दा त अहिले सम्म कसैसँग प्रेम नै बसेको छैन । अब सबै साथी भाईहरु जोजो हुनुहुन्छ सबैसँग प्रेम त होनि हैन र ?

पहिलो प्रेम प्रस्ताव कहिले र को बाट आएको थियो ?
म कक्षा ५ मा पढेको बेलामा सँगै पढ्ने केटा साथीले प्रेम प्रस्ताव गरेको थियो । यहाँ नाम चाँही अल्लि नभनि हालम कि ?

तपाईले आँफुले पहिलो पटक प्रेम प्रस्ताव कसलाई गर्नुभयो ?
नाई प्रेम प्रस्ताव आएको चाँही छ तर अहिले सम्म मैले आफुँले प्रेम प्रस्ताव कसैलाई गरेको छैन ।

पहिलो पटक कलाकारिता कुन क्षेत्र बाट ?
म कलाकारितामा आएको फोटो सुट बाट हो । पहिलोपटक फोटो सुट गरेकी हुँ, फोटो ग्राफर प्रताप सिंहले मेरो फोटो सुट गर्नुभएको हो जुन स्वयम्भुमा भएको थियो ।
Surjani Kc nepali actress

पहिलो म्युजीक भिडियो ?
मैले पहिलो पटक म्युजीक भिडियोमा अभिनय गरेको चाँही ‘दाजु कि साली’ बोलको गीतमा हो । जुन नेपाली लोकपप गीत हो ।

कलाकारितामा आईसकेपछि पहिलो कमाई के बाट र कति कमाउनु भयो ?
म यो क्षेत्रमा आईसकेपछिको पहिलो कमाई भनेको र्याम्प मोडलिङ बाटै हो । त्यतिखेर ३५ सय कमाई भएको थियो । जुन ८ बर्ष अघिको कुरा हो ।

पहिलो पटक धेरै खर्च भएको केमा, कति ?
धेरै खर्च हुने भनेको बर्थ डे पार्टिमै हो । पहिलो पटक मेरो बर्थ डे पार्टिमा धेरै खर्च भयोहोला । जहाँसम्म खर्चको कुरा गर्दा १ लाख भन्दा माथि नै हुन्छ ।

कलाकारिता क्षेत्रमा आईसकेपछि पहिलो पटक एकदम धेरै खुसी भएको र एकदम दुखी भएको क्षण ?
म एकदम खुसी भएको क्षण चाँही पहिलो पटक म्युजीक भिडियोमा छनोट हुँदा हो । जुन ‘दाजु कि साली’ बोलको गीतमा छनोट भएकी थिएँ । अनि नरमाईलो भएको क्षण त धेरै हुन्छन् सानो सानो त तर एकदमै दुखी भएको भन्ने चाँही अहिलेसम्म छैन ।

प्रस्तुतीः गोपिकृष्ण /आर्टिस्ट खबर