काठमाडौँ। आगामी फागुन १ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘कल्ली’लाई हिन्दी भाषामा स्वरांकन गरेर भारत र पाकिस्तानमा एकसाथ प्रदर्शन गरिने भएको छ । फिल्मको हिन्दी भर्सन नेपालमा भने रिलिज नहुने निर्माता किरण नेपालीले बताए । उनका अनुसार फिल्मलाई भारतमा एम.के फिल्म डिस्ट्रिब्यूटर र पाकिस्तानमा हिप्पो फिल्म्सले वितरण गर्नेछन् ।
लक्ष्मण सुनारको निर्देशनमा बनेको यो फिल्मको हाल पोस्ट प्रोडक्सनको काम भइरहेको छ । लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्ममा सौगात मल्ल, उत्तम प्रधान, बेनिशा हमाल, नाजिर हुसेन, अर्पण थापा, वर्षा राउत, सुलक्षण भारती लगायतको अभिनय रहेको छ ।
महेश दवाडीको लेखन रहेको यो फिल्मले लोभको कथा भन्छ ।







२३ असार २०८२, सोमबार १९:२२ 








