काठमाडौँ। अभिनेत्री सनिशा भट्टराईले रंगमञ्चमा डेब्यु गर्ने भएकी छन् । पारिजातको चर्चित उपन्यास ‘शिरिषको फूल’मा आधारित रहेर मञ्चन हुन लागेको नाटकबाट उनले डेब्यु गर्दैछिन्।
नाटकमा सनिशाले अभिनेता जीवन लुइँटेलको अपोजिटमा अभिनय गर्नेछिन् । साउन पहिलो सातादेखि मंचन सुरु हुने नाटकको वर्कसप सुरु भैसकेको छ ।म्युजिक भिडियोबाट चम्किएकी सनिशाको डेब्यु फिल्म ‘१२ गाउँ’ नेपाली फिल्मको इतिहासमा तेस्रो सर्वाधिक कमाउने फिल्म हो । उनले अभिनय गरेको फिल्म ‘नरसिंहा अवतार’ हालै रिलिज भएको थियो ।
कान्तिपुर थिएटरले मञ्चन गर्न लागेको नाटकको मुख्य पात्र सकम्बरीको भूमिकामा सनिशाले अभिनय गर्न लागेकी हुन् । उनले यो नाटकको कार्यशाला पनि सुरु गरिसकेकी छन् ।







२४ असार २०८२, मंगलवार १८:४१ 








