काठमाडौँ। छक्कापन्जा टिमसँग छुटिएका जितु नेपालले एक समय आफू पछुताएको कुरा खुलाएका छन्। जीतु नेपाल भन्छन्, ‘मेरो त्यो हतारको निर्णयले गर्दा पछि पछुताए । केटाकेटीपन देखााएछु जस्तो भान भयो । बिहानदेखि बेलुकासम्म सँगै खाने सँगै काम गर्ने साथीहरूसँग छुटीदा केही समय छटपटाहट भयो । तर बिस्तारै लयमा आए ।’
साथै उनी दीपकराज गिरीको प्रशंसा गर्दै भन्छन्, ‘आज म जे छु जस्तो छु यसको सबै श्रेय दीपकराज दाइलाई दिन चाहन्छु ।’ जीतु थप प्रस्ट्याउँदै भन्छन्, ‘अहिले हाम्रो मित्रता पहिले सरह नै छ । अब छक्कापञ्जाको अर्को सिरिजमा मेरो अभिनय होला नहोला तर सुटीङमा जाने ,साथीभाइ भेट्ने पक्कै गर्नेछु । अब मेरो मनदुखाउ, दुस्मनी केही नै छैन ।’
जीतु नेपाल आफै पनि फिल्म बनाउने तयारीमा छन् ।







८ श्रावण २०८२, बिहीबार १७:०५ 








