काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर-१’को गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतको भिडियाेमा दाजु र बहिनीबिचको सम्बन्ध र जिम्मेवारीको कथा देखाईएको छ । भिडियाेमा दाजुले बहिनीलाई गर्ने माया र बहिनीको हाँसोमा खुसी अनि संसार देख्ने जिम्मेवार दाजुको कथा छ ।
गीत सार्वजनिक गर्दै निर्माणपक्षले भिडियो प्रतिस्पर्धाको पनि घोषणा गरेको छ । प्रतिस्पर्धामा भाग लिने प्रतिस्पर्धीले दाजुभाइ-दिदीबहिनीले रक्षाबन्धनको राखी बाँधेको भिडियो बनाएर सेयर गर्नुपर्नेछ। उत्कृष्ट ३ भिडियोलाई क्रमशः ५० हजार, ३० हजार र १५ हजार रकम पुरस्कार राखिएको छ।
‘अभिमन्यु : च्याप्टर–१’ यहीँ भदौ २७ गते रिलिज हुँदैछ । हिन्दी भर्सनमा भने असोज ६ अर्थात् सेप्टेम्बर २२ मा वल्र्डवाइड रिलिज हुनेछ।पोस्टप्रोडक्सनमा रहेको चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को मुख्य भूमिकामा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल लगायतका कलाकारहरुको अभिनय रहेको छ।







२० श्रावण २०८२, मंगलवार ०९:४७ 








