अमेरिकामा प्रदर्शन हुँदै ‘सतीदेवी’

...

काठमाडौँ। आउँदो शनिबार अमेरिकाको भर्जिनियामा  फिल्म ‘सतीदेवी’को विशेष प्रदर्शन हुने भएको छ । तीज पर्वको अवसरमा फिल्मको स्क्रिनिङ गर्न लागिएको आयोजकले बताएका छन्। भर्जिनियाको फेयरफ्याक्समा फिल्म देखाउन लागिएको हो ।

लक्ष्मण सुवेदीको लेखन, निर्माण र निर्देशनमा बनेको फिल्ममा मलिका महत, रमेश बुढाथोकी, सन्दिपबाबु लोहनी, कुलबहादुर अधिकारी, सृजना अधिकारी, बालकलाकार हर्षिका वली र मञ्जिला बानीयाँको अभिनय छ ।

चलचित्र विकास बोेर्डद्वारा आयोजित राष्ट्रिय चलचित्र अवार्ड २०८० मा यो फिल्मले विशेष चलचित्र पुरस्कारको विधा जितेको थियो । अहिलेसम्म एक दर्जन उत्कृष्ट अवार्ड जितेको छ । अवार्ड विजेता फिल्म भएकाले विशेष शो गर्न लागेको स्रोतले बताएको छ।