बालेन शाहले राजनीति लथालिङ्ग पार्नुभयो -कोमल वली

...

काठमाडौँ । पत्रकारिता गर्दै गीतसङ्गीतमा होमिएकी लोकप्रिय कलकार कोमल वलीले महानगरका मेयर बालेन शाहको विषयमा केही टिका टिप्पणी गरेकी छन्। उनी भन्छिन्, ‘बालेन शाहले काठमाडौँको राजनीति लथालिङ्ग पार्नुभयो ८४ मा उहाँको भविष्य  छैन । मलाई लाग्छ बालेन जी ले सायद राजनीति मन पराउनुहुन्न । उहाँले वडाध्यक्ष , उपमेयरसँग पनि समन्वय गर्ने सकिरहनुभएको छैन कसरी राजनीति गर्नुहुन्छ । म त भन्छु उहाँलाई राजनीति राइट प्लेस भएन । बालेन जी ले मै हु भनेर मात्रै त समाज चल्दैन । उहाँले म अलि मिलाएरै जानुपर्ने हुन्छ यस्तो स्टन्ट आवेग, अनि अपरिपक्व  कुराले राजनीति हुँदैन । बालेन जीले राजनीतिक दलसँग मिलेर जाँदा राम्रो हुन्छ नत्र सफल हुनुहुन्छ जस्तो लाग्छ ।’

कोमल वली अहिले एमाले पार्टीमा आवद्द छिन्। पछिल्लो समय उनि गीतसङ्गीत भन्दा सक्रिय राजनीतिमा व्यस्त छिन्। गत चुनावमा एमालेबाट दाङ ३ मा उम्मेदवारी दिएकी कोमल ओलीलाई कांग्रेसका दीपक गिरीले पराजित गरेका थिए । ओलीले २९ हजार ३२ भोट ल्याउँदा गिरीले ३६ हजार ८४२ मत पाएका थिए।