काठमाडौं। भदौ दोस्रो सातादेखि छायाङ्कनमा जान तयारी भइरहेको नेपाली फिल्म ‘मालती मंगले’ को कार्यशाला सुरु भएको छ। वर्कसपमा अभिनेता विजय बराल, अभिनेत्री वर्षा राउत, सुवर्ण थापा, मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश जङ्ग ठकुरी, रिजन परियार, सागर भट्टराईलगायत कलाकारहरू सहभागी रहेका छन् ।
मालती मंगले’लाई प्रकु पाण्डेयले निर्देशन गर्न लागेका हुन् । फिल्मको छायांकन तनहुँ र स्याङ्जाका विभिन्न स्थानमा हुने छ । फिल्मको कार्यकारी निर्माता सागर ज्ञवाली रहेका छन् । ‘मालती मंगले’ पारिवारिक प्रेमकथामा बन्न लागेको हो ।
वर्कसपले फिल्मको पात्रलाई अझै नजिकबाट बुझ्न ठुलो मद्दत पुग्ने वर्कसपमा जुटेका कलाकारहरुले बताएका छन्।







९ भाद्र २०८२, सोमबार १०:५० 








