काठमाडौँ। केही समय यता गीतसङ्गीत मार्फत दर्शक श्रोताको मनमा एकछत्र राज गरेका गायक हुन् प्रकाश सपुत। उनका हरेक सिर्जनामा मिलियन मिलियन भ्युज जान्थे। मेला महोत्सव देश विदेश भ्याई नभ्याई नै थियो उनलाई। तर एक सार्वजनिक कार्यक्रममा दिएको एक अभिव्यक्ति उनी आफैमाथि निकै भारी पर्यो।प्रकाश सपुत भन्छन्, ‘म यसै रोकिने वालामा छैन । म असफल भए भन्ने अलिकति पनि लागेको छैन । अरूले प्रकाशको खराब समय चल्यो भनी रहनुभएको देख्छु । अब यतीको खराब समयमा पनि मेरो दुई वटा फिल्म रिलिज हुदैछ । कसरी खराब समय भन्ने । प्रकाश थप सुनाउँछन् मैले गरेका कामहरू चलेनन् तर मेरो काम नै रोकिएको होइन । म निरन्तर काम गरिरहेको छु ।’
झन्डै डेढ सय गीतमा आवाज भरेका प्रकाशले आधा दर्जन फिल्ममा काम गरी सकेका छन् । परदेशी २ बाट सिनेमामा फड्को मारेको प्रकाशको पछिल्लो फिल्म वसन्त सोचेअनुरूप चलेन । उनको पछिल्लो गीत नाइँ भनेसि नाइँ पनि दर्शक श्रोताले उनका अन्य गीतसरह रुचाएनन् । यतीबेला प्रकाश भन्छन्, ‘म आफ्नै लयमा फर्कँदै छु । म डगमगाएको छैन ।’







९ भाद्र २०८२, सोमबार १२:२२ 








