दीपक,दीपा र जीतुको पुनर्मिलन, ‘छक्कापञ्जा कमेडी टुर’ गर्दै

...

काठमाडौँ।  केही वर्ष अघि मनमुटावका कारण छुट्टिएका जीतु नेपाल पुन ‘छक्का पन्जा’ टिममा फर्किएका छन्।  दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल लगायतका कलाकार दसैँ छेकोमा अमेरिकामा आयोजना हुने ‘छक्कापञ्जा कमेडी टुर’मा सहभागी हुने भएका छन् ।

दीपकराजले शुक्रवार टुरको औपचारिक घोषणा गरेका छन् । सेप्टेम्बरदेखि अक्टोबर महिनासम्म हुने टुर मा दीपक–दीपालाई मुन्द्रेसहित आसिफ शाह, धर्मेन्द्र सेवान र मीना पोखरेलले साथ दिनेछन् ।

न्यूयोर्क, बाल्टिमोर, टेक्साससहितका १५ अमेरिकी सहरमा ‘छक्कापञ्जा कमेडी टुर’ हुने दीपकले जनाए । यो दसैँमा छक्क पन्जा ब्यानरबाट फिल्म नबन्ने भएपछि अमेरिका टुर तय गरिएको दीपकराज गिरिले बताएका छन् ।