मिस नेपाल बन्न चाहान्थीन् आँचल शर्मा

...

काठमाडौँ।  मिस नेपाल बन्न चाहान्थीन् आँचल शर्मा । एसएलसी पास गरेपछि आँचलले ब्युटी पेजेन्टहरुमा भाग लिइन् । हिरोइन बन्छु कलकारितामा लाग्छु भनेर उनले कल्पना पनि गरेकी थीईनन् । ब्युटी पेजेन्टहरुमा भाग लिँदै गर्दा उनले एक साथीको आग्रहमा फिल्ममा अडिसन दीन पुग्छीन् ।

अडिसन दिँदासम्म पनि उनलाई कलकारिता क्षेत्रमा लगाव नै थिएन । तर उनी अडिसनमा सेलेक्ट भइन् र १७ वर्षको उमेरमा नै ‘नाई नभन्नू ल ४’ चलचित्रबाट सीनेनगरीमा डेब्यु गरिन् । त्यसपछि म्युजीक भिडियोहरूमा पनि काम गर्न थालिन् ।‘शत्रु गते’,‘दाल, भात, तरकारी’,‘वर एन्ड वधु’, “डीग्री माईला” लगायत उनले दर्जनौँ चलचित्रमा काम गरी सकेकी छन् ।

उनी बाल्यकालदेखि नै  सुन्दर र प्रतिभाशाली थिइन । सौन्दर्य प्रतियोगिता र मोडलिङ सधैं उनको रुचिको विषय थियो । आँचल शर्मा ‘नाई नभन्नू ल ४’ र ‘शत्रु गेट’ फिल्मबाट चर्चामा आएकी हुन् । उनी सानैदेखि सुन्दर थिइन् र “मिस +२ ब्यूटी पेजेन्ट“ मा भाग लिएकी थिइन् ।

उनले चलचित्र ‘नाई नभन्नू ल ४’ बाट नेपाली चलचित्रमा डेब्यु गरेकी थिइन् । छोटो समयमा नै एकदमै लोकप्रिय कमाउन सफल भईकि आचल शर्माले थुपै म्युजिक भिडियो पनि खेलेकीे छिन् । र, उनले धेरै विज्ञापनमा पनि काम गरेकी छिन् । शर्माले सन् २०२० मा व्यापारी तथा लोकप्रिय डाक्टर उदिप श्रेष्ठसँग विवाह गरेकी थिइन् ।  हाल सुखद् वैवाहिक जीवन विताइरहेकी छिन् र गीत, माेडलिङमा पनि व्यस्त छिन् ।