रमेश बाराहीको ५ दिने ‘एकल आर्ट प्रदर्शन’

गोपीकृण्ण चापागाईं /फागुन, काठमाडौं । मनमा उब्जिएका आकारलाई चित्रमा उतार्न सक्ने रमेश बाराहीले आफ्नो ५ दिने एकल आर्ट प्रदर्शन गरेका छन् । यही फागुन ५ गतेदेखि ९ गतेसम्म राजधानीको  बंगलामुखीमा चलेको ‘फस्ट सोलो आर्ट एक्जिबिसन’ मा बाराही आफंैले कोरेका ३० आर्टको प्रदर्शन गरिएको थियो ।

सानैदेखि हिँडडुल गर्न नसक्ने अशक्त रमेशले १४ महिना लगाएर कोरेका आर्टमा नेपाली कला संस्कृति झल्किने विभिन्न आर्ट, त्यसैगरी फूल, मानवयि क्रियाकलापलगायतका आर्ट प्रदशर्न  गरिएको थियो । रमेशका अनुसार नेपाली कला संस्कृतिलाई पर्यटनसामु आर्टमार्झत चिनाउनु प्रदर्शनीको मुख्य उद्देश्य रहेको बताए । ‘मैले धेरै पहिलादेखि नेपालका विभिन्न ठाउँ, त्यसैगरी  पर्यटकीय स्थलहरुको आर्ट गरेको छु, यहाँ पर्यटकहरु धेरै आउने भएकाले पनि यही ठाउँलाई प्रदर्शनीको स्थल बनाइएको हो । आशा छ भोलि गएर देशविदेशसम्म यी आर्ट फैलिनेछन’्,  रमेशले भने ।

३० वर्षीय रमेश अशक्त छन् । सानैदेखि हिँडडुल गर्न नसक्ने उनले १२ वर्षको उमेरदेखि नै आर्टमा रुचि राखेको रमेशका बुबा महेश्वर बाराही बताउँछन् । ‘बाहिर हिँडडुल गर्न सक्दैनन्, अर्को  एकजना मान्छेले सहायता दिनुपर्छ । उसले सोचेकै भरमा धेरै चित्र बनाइसकेको छ’, बुबा महेश्वर भन्छन् । महेश्वरका अनुसार सानैदेखि देखेका कुरालाई रमेशले कापीमा कोर्दै आउने र  ऊभित्र लुकेका कला बिस्तारै बाहिर आउन थालेपछि मात्र उसको कला थाहा पाएको बताउँछन् ।

बाराही परिवारमा जन्मिएका रमेश शारीरिक रूपमा अशक्त भए पनि उनीभित्रको कला भने अचम्मको छ । बाहिर नदेखेका कुरालाई पनि दिमाखले सोचेको भरमा उनले सहजै चित्र कोर्न  सक्छन् । अशक्त भएकाले हिँडडुल गर्न नसक्ने भएकाले पनि अन्य तस्वीर हेरेको भरमा पनि उनले चित्र कोर्ने गरेको बताउँछन् । ‘म बाहिर खासै जाँदिन, घरपरिवारको सहयोगमा कहिले  काहीँ कुनै ठाउँमा जान्छु, तर पनि नगएको ठाउँलाई पनि सोचेको भरमा चित्र कोर्ने गरेको छु’, उनले भने । रमेश अहिले परिवारसँगै ललितपुर पाटनको सुन्धारामा बस्दै आएका छन् ।

सानैदेखि पेन्टिङमा रुचि राखेका रमेशले आफ्नो ठूलो बुबालाई विशेष धन्यवाद दिन्छन् । आफ्नो ठूलो बुबाले यस क्षेत्रमा हौसला दिएकै भएर आज यसरी पेन्टिङ गर्न सकेको बताउँछन् ।  ‘ठूलोबुबाले पेन्टिङ गर तँैले सक्छन् भनेपछि मैले मैले आफैं कार्टुनहरू बनाउन थालँे, र घरमै जे देखिन्छ तिनीहरुको चित्र बनाउन थालेको छु’, उनले भने ।

कार्टुनका चित्रहरूबाट आर्टमा हात हालेका रमेशले लगनखेलमा बाबुराजासँग दुई वर्षको चित्र कोर्ने तालिम लिएपछि चित्रको विषय फरक हुन थालेको र आफू चित्र कोर्नमा अझ पोख्त हुन  थालेको बताउँछन् । उनले १२ वर्षको उमेरदेखि चित्र कोर्न थाले पनि १६ वर्षको उमेरमा मात्र चित्रकारिताको प्रशिक्षण लिएका थिए ।