१८ वर्षको उमेरमा नै हाम्रो भेट भएको थियो – मधु भट्टराई

...

काठमाडौँ । मधु भट्टराईले १८ वर्षको उमेरमा नै राजेश हमाललाई भेटेकी थिइन् । अर्को रोचक कुरा के छ भने मधुले राजेश हमालसँग भेट्दा आफ्नो उमेर समेत लुकाएकी थिइन् । उमेरले उनी मात्रै १८ पुगेकी थिइन् तर राजेश हमाललाई असहज नलागोस् भनेर उनले आफ्नो उमेर बढाएर २० वर्ष भनेर ढाटेकी थिइन् । मधु मोडल पनि हुन् ।

२०६१ सालमा एक ब्युटी पेजेन्टमा विराटनगरकी मधु भट्टराईसँग हमालको पहिलो भेट भएको थियो । हमाल पेजेन्टको जुरीको रूपमा थिए । उक्त कार्यक्रमको भेटघाट पश्चात् यो जोडीको निकटता बढ्यो । उमेर अन्तर धेरे भए पनि मधुले राजेश हमाललाई मन पराउन थालिसकेकी थिइन् । यता राजेशले भने अझै सोच ४ ५ वर्ष एक अर्कालाई बुझौँ अनि विवाह गरौला भनेर समय मागे ।

अन्ततः यो जोडीले निकै लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए । विवाह नै गर्दिन भन्ने मानसिकता बनाएर बसेका राजेश हमाल मधुसँगको भेटपछि भने विवाह गर्ने निर्णयमा पुगेका थिए । यी दुईले २०७१ मा विवाह गरेका हुन् ।