काठमाडौं । एलेना चौहानको स्वरमा नयाँ गीत, भिडीयो ले दर्शकलाई रोमाञ्चित बनायोछत्रेश्वरी म्यानेजमेन्ट प्रा।लि।को ब्यानरबाट निर्माण भएको ‘भाग्यले मिचिएको मान्छे’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। बिहेवार सार्वजनिक गरिएको गितमा कलाकार बिराज बिष्ट र गीता पन्थीलाई मुख्य भूमिकामा देखाइएको छ।गितमा बिराज बिष्ट लाई भावुक गहिरो मुद्रामा प्रस्तुत गरिएको छ भने गीता पन्थीलाई मोडलिक शैलीमा देखाइएको छ, जसले गीतको रोमान्टिक र दर्दलाग्दो कथावस्तुलाई संकेत गर्छ।
यस गीतमा एलेना चौहानको स्वर रहेको छ। शब्द तथा संगीत ऋषि खड्काद्वारा तयार गरिएको हो भने गीतको एरेन्ज कमल सौराग ले गरेका छन्। सिनेमाटोग्राफी श्याम तामाङ को, एडिट तथा कलर मिलन विश्वकर्माको तथा पोस्ट–प्रोडक्सन ड्रागन पिक्चर्सले सम्हालेको छ।
गीतको कथा तथा निर्देशन सिर्जन बराल ले गरेका छन्। मेकअपमा स्वास्तिका श्रेष्ठ, र पोस्टर डिजाइनमा राकेश दाहल को योगदान देखिन्छ।
गीत युट्युबको CM Digital च्यानलमार्फत सार्वजनिक भएको छ।







४ पुष २०८२, शुक्रबार १३:४७ 








