‘श्री बुकुरो : द होम कलिङ’को पहिलो गीत सार्वजनिक, फागुन १ बाट प्रदर्शन

...

काठमाडौं । आगामी फागुन १ गते महाशिवरात्रिको अवसरमा प्रदर्शनमा आउन लागेको चलचित्र श्री बुकुरो : होम कलिङ को पहिलो गीत सार्वजनिक गरिएको छ। शुक्रवार बसन्त पञ्चमीको अवसरमा निर्माण कम्पनी फिल्म रेञ्जको अफिसियल युट्युब च्यानलमार्फत गीत रिलिज गरिएको हो।

सिनेमाकोघर मेरो सानो बुकुरोबोलको मर्मस्पर्शी गीतले दर्शकको मन छोउने विश्वास निर्देशक सुदीप भुपाल सिंहले व्यक्त गरेका छन्। गीतमा निर्देशक सिंहको शब्द, रञ्जित गजमेरको संगीत, र शिव परियारको स्वर रहेको छ। गीतले सिनेमाका मुख्य कलाकार आर्शिवाद क्षेत्री र लक्ष्मी गिरीको सहरबाट गाउँ फर्कने यात्राका उतारचढावलाई प्रस्तुत गरेको छ।

निर्देशक सिंहका अनुसार गीतले दर्शकलाई परिवारिक कथा र मनोरञ्जनको मिश्रण अनुभव गराउनेछ। सात वर्षपछि निर्देशनमा फर्किएका सिंहले यसअघि माला र रुद्रप्रिया निर्देशन गरिसकेका छन्।

सिनेमाको निर्माण रुबी सेन सिंहले गरेकी हुन् भने यसमा आर्शिवाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा लगायतका कलाकारहरूको अभिनय रहेको छ।

सिनेमाको छायांकन मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा गरिएको छ। गीतमा रञ्जित गजमेर, बसन्त सापकोटा र विक्रम कार्कीको संगीत र शिव परियार, विशेष पौडेल, युक्ति बिमली, सविन सुवेदी र सन्देश पौडेलको स्वर समावेश छ।

निर्देशक सिंहले दर्शकले विशुद्ध पारिवारिक कथा र भावनात्मक मनोरञ्जन अनुभव गर्ने विश्वास व्यक्त गरेका छन्।