‘श्री बुकुरोः द होम कलिङ’को ‘ए साइला दाई’ गीत सार्वजनिक, पारिवारिक कथामा सजिएको मिठो प्रस्तुति

...

काठमाडौँ । आगामी फागुन १ गतेदेखि प्रदर्शनमा आउने पारिवारिक सिनेमाश्री बुकुरोः द होम कलिङले दर्शकको मन जित्ने मिठो गीत सार्वजनिक गर्दै प्रचारलाई थप न्यानो बनाएको छ। शुक्रबार राजधानीमा आयोजित विशेष कार्यक्रममा सिनेमाको नयाँ गीत सार्वजनिक गरिएको हो।

ए साइला दाईबोलको गीतमा बसन्त सापकोटाको शब्द तथा संगीत रहेको छ भने सविन सुबेदी र युक्ती बिमलीको सुमधुर स्वरले गीतलाई अझ भावुक बनाएको छ। सार्वजनिक गीतको भिडियोमा मुख्य कलाकार आशीर्वाद क्षेत्री र निकिता आचार्यको आकर्षक नृत्य देख्न सकिन्छ।

सुदीप भूपाल सिंहको लेखन तथा निर्देशनमा बनेको यो सिनेमा पारिवारिक सम्बन्ध, माया र अपनत्वको कथामा आधारित रहेको छ। फिल्ममा आशीर्वाद र निकितासँगै लक्ष्मी गिरी, प्रतीक राज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मि भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्मालगायत कलाकारको अभिनय रहेको छ।

फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको सिनेमालाई रुबी सेन सिंहले निर्माण गरेकी हुन्। सिनेमामा सञ्जय लामा र राजेश श्रेष्ठको छायांकन, सुरज तामाङ र प्रवीण सिंहको कोरियोग्राफी, आईड्रिम एनिमेसनको भिएफएक्स, मनोरञ्जन श्रेष्ठको कलर ग्रेडिङ, विक्रम कार्कीको ब्याकग्राउन्ड स्कोर तथा बनिष शाह, चन्दन दत्त र परिच्छेद सेनको सम्पादन रहेको छ।

रञ्जीत गजमेर र बसन्त सापकोटाको संगीतले सजिएकोश्री बुकुरोः द होम कलिङपरिवारसँगै बसेर हेर्न मिल्ने न्यानो कथासहित फागुन १ गतेबाट देशभरका हलमा रिलिज हुँदैछ।