बसन्त र सुनितामीको ‘माया हिरिक्कै’मा पल शाह

...

काठमाडौँ । लोकप्रिय सर्जक तथा गायक बसन्त थापा र गायिका सुनितामी परियारको नयाँ लोकलयको गीत सार्वजनिक भएको छ ।माया हिरिक्कैबोलको गीतको भिडियो सुनितामी परियार युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । गीतको अडियोमा नवराज पन्तको शब्द छन् भने बसन्त थापाकै संगीत रहेको छ । एरेन्ज भने श्यामश्वेत रसाइलीले गरेका छन् ।

गम्भिर बिष्टले निर्देशन गरेको गीतको भिडियोमा लोकप्रिय नायक पल शाहले अभिनय गरेका छन् । पलसँगै गायिका सुनितामीको पनि अभिनय रहेको छ । पवन सुस्लिङको टिमले खिचेको भिडियो प्रविन भट्टले सम्पादन गरेका हुन् । भिडियोको कोरियोग्राफर प्रशान्त मगर हुन् । शुक्रबार साँझ सार्वजनिक गीतको भिडियोमा सकारात्मक प्रतिक्रिया आइरहेका छन् ।

sunitami pariyar

गायिका तथा सुनितामीले आफ्नाले लोकलयको सार्वजनिक गीतलाई दर्शक तथा स्रोताले मन पराउनेमा आशावादी छिन् । बि..२०६६ सालमा पहिलो गीतभिरमा लर्क्यो खरमा स्वर दिएर साँगितीक यात्रा सुरु गरेकी सुनितामीले अहिलेसम्म झण्डै ९ सय गीत गाइसकेको बताउँछिन् । सुनितामीका यसअघिकारुमाल साट्न पर्दैन‘, ‘साईली रिमै‘, ‘अभागी त म हुँ‘, ‘ढुङ्गा जस्तो मन‘, ‘मेरो बुडाको के मिलेनलगायतका गीत हिट छन् ।