काठमाडौं । नयाँ बर्ष ०८३ को पहिलो दिनको अवसर पारेर नयाँ फिल्महरु घोषणासँगै कतिपय फिल्मले रिलिज मिति तय गरिरहेका छन् । यसैबिच जदौ नेपाली फिल्मले आफ्नो रिलिज मिति सार्वजनिक गरेको छ । यो फिल्म अब भदौ १२ गतेबाट रिलिजमा आउने बताइएको छ । अन्जन शर्मा र काजी लिम्बुको संयुक्त निर्देशनमा बनेको यो फिल्मको एक पोस्टर सार्वजनिक गर्दै रिलिज मिति बारे जानकारी गराइएको हो ।
सिल्भर स्क्रीन इन्टरटेन्मेन्टसँगको सहकार्यमा समिश्रण मुभिज एन्ड इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्मको सार्वजनिक पोस्टरमा प्रमुख कलाकारहरु मुकुन भुसाल, रिचा शर्मा,नीति शाह, प्रभात पाल ठकुरी र राजश्री थापा फरक–फरक भावमा प्रस्तुत गरिएको छ ।
अन्तरजातीय प्रेमसम्बन्धको कथामा निर्माण भएको फिल्मको सहनिर्मातामा रामराजा सुवेदी, सुमित्रा देवकोटा, नारायण शास्त्री, अर्जुन खड्का र गोकुल केसी छन्। श्याम तामाङले खिचेको फिल्मको स्क्रीप्ट निर्देशक काजी स्वयमले लेखेका हुन । फिल्ममा सिपी पुडासैनी ९धतुरे०,बिनोद न्यौपाने,सन्ध्या श्रेष्ठ,खड्गबहादुर पुन ९खबपु०,बिशाल पहाडी,सुन्दर धिताल,नरेश पौडेललगायतका कलाकारको अभिनय छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्मका गीतमा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत छ ।
पोस्टर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा चलचित्रप्रति दर्शकको उत्सुकता बढ्न थालेको छ। निर्माण टिमले चाँडै ट्रेलर तथा थप प्रचार सामग्री सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ। फिल्मको बितरण एनसिजीएनले गर्दैछ भने हाइ टेक इन्टरटेन्मेन्ट डिजिटल पार्टनर रहेको छ ।




१ बैशाख २०८३, मंगलवार १२:२५ 










