‘माया भनेकै यस्तो होला’ फिल्मको शिर्ष गीत सार्वजनिक

...

काठमाडौँ । आगामी भदौको २६ गतेबाट रिलिज हुने तयारीमा रहेको फिल्म माया भनेकै यस्तो होलाको शिर्ष गीत सार्वजनिक गरिएको छ । आज काठमाडौंको बिग मुभिजमा एक कार्यक्रमको आयोजना गर्दै भिडियो प्रिमियर गरियो । भिडियो बुढासुब्बा डिजिटल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरुलाई देख्न सकिन्छ । अभिनेता दिल श्रेष्ठ र अभिनेत्रीहरु निती शाह, नम्रता श्रेष्ठ र सृष्टि श्रेष्ठलाई भिडियोमा देखिन्छ । गीतको भिडियो भित्रको कथाले फिल्मको कथाको सार प्रस्तुत गरेको छ । अभिनेता दिलले अभिनेत्री सृष्टिसँग बिहे गरेका छन् तर अभिनेत्री निती र नम्रतासँग पनि उनले प्रेम गरेको देखिन्छ । यसले फिल्मको कथालाई सस्पेन्स बनाएको छ ।

कार्यक्रममा फिल्मकी नायिका रेखा थापाले फिल्म उत्कृष्ट बनेको बताएकी थिइन् । साथै कार्यक्रममा अभिनेता दिल श्रेष्ठ र अभिनेत्री नम्रता श्रेष्ठको उपस्थिती थियो भने अन्य दुई अभिनेत्री कार्यब्यवस्तताका कारण उपस्थित नभएको कार्यक्रम सन्चालक नरेश भट्टराईले जानकारी गराएका थिए ।

‘दिया एण्ड अमु फिल्मस्’ को ब्यानरमा निर्माण भएको यो फिल्ममा लक्ष्मी गिरी, विशाल पहाडी, रवी डंगोल ‘बेमान’, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेल लगायतका कलाकारहरूको पनि अभिनय छ । रि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठ निर्माता रहेको यस फिल्ममा ध्रुव लम्सालको लेखन रहेको छ। ।

फिल्मलाई सुदीप बरालले छायांकन (डिओपी) गर्दैछन् भने अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशकका रूपमा रहेका छन् । चलचित्रमा राजन घिमिरेले फिल्म कोअर्डिनेटरको जिम्मेवारी सम्हालेका छन् भने प्रशान्त सिवाकोटीको संगीत, सुजेनी मल्लको ड्रेस डिजाइन र प्रिया कार्कीको मेकअप रहेको छ ।