आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।
बौद्ध धर्मावलम्बीहरूले प्रमुख चाडको रुपमा मनाउने ग्याल्पो लोसारको अवसरमा अमेरिकाको न्यूओर्कमा ग्याल्पो ल्होसार साँझ सम्पन्न भएको छ । घ्याल्सुम्दो सेवा संस्था अमेरिकाको आयोजनामा शनिबार (मार्च ७)मा सम्पन्न कार्यक्रममा बिबिध साँस्कृति प्रस्तुती पनि राखियो । न्यूओर्कमा बस्दै आएकी लोकप्रिय गायिका संगीता थापा मगरले उपस्थित संगीतप्रेमी मनहरुलाई आफ्नो लोकप्रिय गीतहरुले झुमाइन् ।
स्टेजमा चढेर क्रमश आफ्ना केहि गीत गाउँदै गर्दा अमेरिकामा बस्दै आएका नेपालीहरु मस्त झुमेको देखिन्थ्यो । मनांग देखी लोमन्थाङ्ग सम्मका कुराहरु समेटिएको उनको पछिल्लो गीत 'लोमन्थाङ्गमै बसम्' प्रस्तुत गर्दै गदाँ उपस्थिती दर्शक खुबै रमेका थिए । यस्तै गायिका संगीताले आफ्ना अन्य चर्चित गीत 'ओइ माया' लगायतका अन्य थुप्रै गीत प्रस्तुत गरिन् । यस्तै दर्शकको अनुरोधमा अन्य चर्चित गीत गाएकी थिइन् । करिब एकदशक अघिदेखी अमेरिकामा रहँदै आएकी गायिका संगीता पछिल्लो केहि महिना नेपालमै रहेकी थिइन् भने एकमहिना अघिमात्रै न्यूओर्क गएकी थिइन् । नेपाल बसाईको क्रममा उनले थुप्रै स्टेज कार्यक्रमका प्रस्तुती दिनुका साथै नयाँ गीत (लोमान्थांगमै बसम् र ओई माया) सार्वजनिक गरेकी थिइन् ।
बिशेषगरी मनाङ जिल्लाको तल्लो भेग ताल डाँडा देखी माथि र तलेखु गाउँदेखी तलको भेगमा घ्याल्सुम्दोमा घर भएका र हाल अमेरिकामा रहँदै आएका नेपालीहरुले स्थापना गरेको यस संस्थाले बिभिन्न साँस्कृति कार्यक्रम तथा सामाजिक कार्य गर्दै आएको छ ।
आर्टिष्ट खबर/ असार, काठमाडौं । आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउ
June 22, 2022
आर्टिष्ट खबर/ असार, काठमाडौं । तेश्रो संस्करणको नेपाल म्युजिक एण
June 22, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: