गायक लोचनमा कोरोना संक्रमण

Posted on: September 21, 2020
असोज, काठमाडौं ।

गायक लोचन रिजालमामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ‘चन्द्रमा’, ‘भुल्न खोज्छु’ गीतका गायक रिजालले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिनुभएको हो ।्

शनिबार फेसबुकमा लेख्नुभएको छ, ‘मेरा प्यारा साथीहरु, परिवार तथा शुभेच्छुकमा मैले हालै कोरोना परीक्षण गराएको रिर्पोट पोजेटिभ आएको जानकारी दिन चाहन्छु । धुलिखेल अस्पतालमा हालै स्वाब परिक्षण गराउँदा रिर्पोट पोजेटिभ आएको हो । त्यसपछि देखि म आइसोलेसनमा छु ।’ 

साथै उहाँले पछिल्लो समय उनीसँग सम्पर्कमा रहेका सबैलाई स्वास्थ्यमा समस्या देखिने बितिकै कोरोना परिक्षण्का लागि जान सुझाउनु भएको छ । सुरुमा लक्षण स्वरुपमा शरीरको तापक्रम वृद्धि हुनुका साथै शरिर कमजोरीले काँपेको र पुरै शरीरमा दुखाइ महसुस भए पनि अहिले भने स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभएको छ ।




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]