
आर्टिष्ट खबर चैत, काठमाडौं ।
चर्चित अभिनेत्री केकी अधिकारीले हालै सामाजिक सञ्जालमा कपाल मुन्डन गरेको तस्विर सार्वजनिक गरेकी छिन् । कला क्षेत्रमा पहिरन र सुन्दरतासँगै सकारात्मा सोच र कामप्रति एकाग्रता भई लागी पर्ने उनले चलचित्रकै लागि कपाल मुन्डन गरेको अनुमान गर्न सकिन्छ । हाल उनी 'बोक्सीको घर'को छायाङ्कन मा ब्यस्त छिन् । उनले २०७३ सालमा मण्डला थिएटरमा मञ्चन भएको नाटक ‘बोक्सीको घर’ को कथामा चलचित्र निर्माण गर्ने भएकी छिन्। काममा ब्यस्त हुन रुचाउने केकीले इन्टाग्राम स्टोरी मार्फत कपाल खौरिएपछिको नयाँ लुक्स सार्वजनिक गरेकी हुन्। उनले थुप्रै नेपाली साङ्गीतिक भिडियो, टेलिभिजन विज्ञापन तथा आधा दर्जन बढी नेपाली चलचित्रमा काम गरीसकेकी छिन् । उनी निमात्रीको रुपमा पनि चिनिन्छिन् ।
केकी अधिकारी फिल्मस्ले निर्माण गर्ने चलचित्रमा अभिनेता गौरव पहारी र केकी अधिकारीको मुख्य भूमिका रहनेछ । 'बोक्सीको घर’ नामक चलचित्रलाई सुव्रतराज आचार्य र सुलक्षण भारतीले संयुक्त रूपमा निर्देशन गरेका छन् । नाटकको लेखन तथा निर्देशन सुलक्षण भारतीलेनै गरेका थिए ।
आर्टिष्ट खबर/ साउन, काठमाडौं । भगवान श्रीकृष्णको जन्मदिन अर्थात
August 15, 2022
आर्टिष्ट खबर/ साउन, काठमाडौं । अभिनेता तथा निर्माता विक्रम डि जो
August 15, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: