
जेठ, काठमाडौं ।
नेपालमा कोभिड १९ को संक्रमण उच्च दरले फैलिरहदा अक्सिजनको अभाव देखिएको छ । यसका लागी अक्सिजन किन्नका लागी बिभिन्न कलाकारहरुले पनि सहयोगको साथ अगाडी बढाएको पाइन्छ ।
यसैक्रममा, हास्य कलाकार राजाराम पौडेलले कोरोना संक्रमितका लागि अक्सिजन ग्यास उपलब्ध गराउन ब्यक्तिगत तर्फबाट रु. १ लाख सहयोग गर्नुभएको छ । उहाले वैज्ञानिक महाविर पुनको संस्था राष्ट्रिय आविस्कार केन्द्रलाई अक्सिजन खरिदका लागि बिहीवार एक लाख सहयोग गर्नुभएको हो ।
दर्शक कलाकारको अन्नदाता भएका कारण दर्शकको जीवन बचाउन आफूले सहयोग गरेको राजारामले बताउनु भएको छ । अहिले पैसाका कारण भन्दा पनि अक्सिजन नपाएर धेरैले ज्यान गुमाउनु परेको उहाको भनाई छ ।
उहाले आफ्नो फेसबुकमा लेख्नुभएको छ, ‘मस्तिष्कमा लाग्यो पैसाले स्वास फेर्न सकिँदो रहेनछ, स्वास फेर्न अक्सिजननै चाहिँने रहेछ । त्यसैले अक्सिजनको व्यवस्था गर्न राष्ट्रिय आविस्कार केन्द्रलाई आफूले सकेको सहयोग गरेको छु । पैसाले स्वास फेर्न सकिन्न, स्वास फेर्न अक्सिजन नै चाहिन्छ ।’
अन्य कलाकारहरु पनि सहयोगमा जुटिरहनु भएको छ । अभिनेता पल शाह केही दिनदेखि कोरोनाका बिरामीलाई निःशुल्क अक्सिजन ग्यास उपलब्ध गराउन दिनरात खटिरहनु भएको छ । निखिल उप्रेती, केदार प्रसाद घिमिरे सहितको टिमले पनि आर्थिक अवस्था कमजोर भएका कोरोनाका बिरामीलाई अस्पतालसम्म जान निःशुल्क अक्सिजनसहितको एम्बुलेन्स सेवा सुरु गर्नुभएको छ ।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । आगामी जेठ १४ शनिबार काठमाडौंको दशर
May 24, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: