संक्रमित ऋषि लामिछाने लेख्छन्, बाहिर हेर्दै चिच्याई चिच्याई कराउन मन लागेको छ

Posted on: May 18, 2021
जेठ, काठमाडौं । 

कलाकार सरिता लामिछानेको सपरिवार अर्थात श्रीमान निर्देशक ऋषि लामिछाने र छोरी बिगत केहि साता देखी कोरोना संक्रमित भएका छन् । सुरुमा सरितामा संक्रमण देखिएकोमा पनि ऋषि र उनको छोरीमा पनि संक्रमण पुष्टि भएको थियो ।

झण्डै दुई साता अघि संक्रमित भएका लामिछाने परिवारका ऋषि लामिछाने भने चारदिन अघि स्वास्थ्यमा केहि समस्या आएपछि ग्रान्डि अस्पताल, काठमाडौंमा भर्ना भएका छन् । ऋषिले चौथो दिन आफ्नो फेसबुकमा निकै मर्मस्पर्शि स्टाटस लेखेका छन् । 

स्टाटस यस्तो छ:

आज हस्पिटल बसाईको चौथो दिन ! 

कोठाको वटा भित्ताले घरि घरि पिडा दिईरहेछ्न ! असाध्य असहज पिडादायि ! !लाग्थ्यो दुख्ने शरिर , मन मुटु मात्र हुन्छ! यहा सपना पनी , बिपना पनी , कल्पना पनी सबै दुख्दो रैछ ! पुरा जीवन दुखेको ! अस्ति अस्ति शरिर दुख्दा पिडाले रोएको थिए ! आज आत्म दुखेको ग्रान्डी हस्पिटलको नबौ तल्ला बाट बाहिर हेर्दै चिच्याई चिच्याई कराउन मन लागेको ! बिहानै एक्जना हेरचाह गर्ने बहिनी आएर भनिन पल्लो कोठामा कोरोना सङ्ग लड्दै गरेको एकजना दाईले भन्नुभयो रे कहिले काहि मृत्यु भन्दा जीवन असहज लाग्दोरैछ ! ! ! Good morning !



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]