जेठ, काठमाडौं ।
हास्य कलाकार मदनकृष्ण श्रेष्ठ कोरोना संक्रमण मुक्त हुनुभएको छ । मदनकृष्णलाई १४ दिन अघि कोरोना भाइरसको संक्रमण भएको थियो । दोस्रो पटक कोरोना संक्रमित भएर पछि कोरोनालाई जितेर आउनुभएका मदनकृष्णलाई यतिबेला सामाजिक सञ्जालमा धेरै बधाई पनि दिइरहेका छन् । उहाँ अस्पतालको उपचारपछि एक साता अघिनै घर फर्किनु भएको थियो ।
स्वाब परिक्षणको नतिजा नेगेटिभ आएपछि मदनकृष्णले मंगलवार फेसबुकमार्फत् जानकारी दिनु भएको हो । सबैको आर्शिवाद र मायाको बलले कोरोना जित्न सफल भएको उहाले बताउनु भएको छ । मदनकृष्णले लेख्नुभएको छ, ‘कोरोनाले मलाई पछार्न त नराम्रैसँग पछा¥यो । पछा¥यो मात्र हैन अझ लछा¥यो र हस्पिटलमा लगेर बेस्कन बजा¥यो, ओर्कायो, फर्कायो, थर्काउनु थर्कायो बेला बेलामा तर्सायो पनि । बलियो रहेछ बजिया । तर सबैको माया, शुभेक्षा, प्रार्थना, र आर्शिवादले गर्दा मलाई त्यसले जित्न भने सकेन ।’ उहाले शरीरमा अलिअलि शिथिलता बाँकी नै रहेको बताउनु भएको छ ।
पहिलो पटक ८ दिन अस्पतालमा उपचारपछि घर फर्किएका उहा त्यसको केही दिनमै अक्सिजनको लेभल कम भएपछि पुनः मेडिसिटी हस्पिटलमा भर्ना हुनुभएको थियो । चिकित्सकले अब आफ्नो शरीर एन्टिबडी बनिसकेको र कसैको शरीरमा पनि कोरोना नसर्ने बताउनु भएका मदनकृष्णले उल्लेख गर्नुभएको छ । उनले ठट्यौली शैलीमा अगाडि लेख्नुभएको छ , ‘कोरोनाले यो मदनकृष्ण श्रेष्ठ भन्ने मान्छेलाई पार्केसन छ, प्रोष्टेट, प्रेशर, मुटुको समस्या छ, कन्स्टीपेशनको पनि समस्या छ र यसलाई त मज्जाले चपाउन सकिन्छ भनेर मलाई झम्टिन आएको होला सायद । यहाँहरु जस्तो मलाई औधी माया गर्नुहुने लाखौँ लाख शुभेक्षकहरु मेरै साथमा हुनुहुन्छ भन्ने कुरा त्यो मोरा कोरोनालाई के थाहा ।’
अहिले देशको सबैभन्दा ठूलो समस्या कोरोना रहेकाले सरकारले पहिलो प्राथमिकता दिएर जति सक्दो चाँडो कोरोना भाइरसको खोप लगाएर जनताको ज्यान बचाउन उहाले सुझाउनु भएको छ ।
आर्टिष्ट खबर/ असार, काठमाडौं । गायिका रानी शाक्य र गायक बलबहादुर राजवं
July 01, 2022
आर्टिष्ट खबर/ असार, काठमाडौं । आर्ट फिल्म ‘ब्ल्याक रोज’ युट्युबम
July 01, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: