
आर्टिष्ट खबर, जेठ, काठमाडौं ।
नेपाली चलचित्रका अभिनेता राजेश हमालले आफ्नो ५७ औं जन्मदिनको अवसरमा बुधबार नवनिर्मित धरहरा माथि केक काट्नु भएको छ । धरहरा निर्माण गर्न दिनरात काम गरिरहेका मजदुरहरुको हौसला बढाउन भन्दै धराहरामाथि केक काटेर मजदुरहरुलाई केक खुवाउनु भएको हो ।
दृश्यावलोकन गर्नका लागि २०औं तल्लामा बनाइएको बार्दलीमा बसेर राजेशले श्रीमती मधु भट्टराईको साथमा जन्मदिनको केक काट्नु भएको हो । राजेश बुधवार बिहानै श्रीमतीको साथमा पशुपतिनाथ दर्शनका लागि पुग्नुभएको थियो । पशुपतिनाथको दर्शनपछि उहाले त्यस क्षेत्रमा आश्रय लिएर बसेका असाहयहरुलाई खाद्यान्न बाड्नु भएको थियो ।
स्वम्भुनाथमा कोरोनाका कारण समस्यामा परेका व्यक्तिहरुलाई पनि राहत बाँड्नु भएका राजेशले राजधानीको एक स्कूलमा बर्थ–डे केक काट्दै त्यहाँका विद्यार्थीहरुको हौसला बढाउन नाचगान समेत गर्नुभएको थियो । साँझ श्रीमतीसहित केही नजिकका व्यक्तिहरुसँग घरमै बर्थ–डे सेलिब्रेसन गर्नुभएका राजेशलाई सामाजिक सञ्जालमा शुभचिन्तकदेखि फिल्मकर्मीहरुले जन्मदिनको शुभकामना दिएका छन् ।
२०२१ सालमा पाल्पाको तानसेनमा जन्मिनु भएका राजेशले २०४८ सालमा फिल्म ‘युगदेखि युगसम्म’ बाट अभिनय करिअर सुरु गर्नुभएको थियो ।
आर्टिष्ट खबर/ साउन, काठमाडौं । भगवान श्रीकृष्णको जन्मदिन अर्थात
August 15, 2022
आर्टिष्ट खबर/ साउन, काठमाडौं । अभिनेता तथा निर्माता विक्रम डि जो
August 15, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: