
आर्टिष्ट खबर/ असार, काठमाडौं ।
मंगलबार असार १५ को दिन देशभर बिभिन्न ठाउँमा धान रोपाई गरियो । बिशेष गरी त्यो दिनलाई किसानहरूले आफ्नो उत्सवको रुपमा पनि लिने गरेका छन् । रोपाई मध्यतिर पुग्ने यस मौसममा किसान हिलो र धानका बिउसँगै रमाउँछन् खेतमा । आम नेपाली पनि यस दिन दही चिउरा खाएर राष्ट्रिय धान दिवश मनाउँछन् ।
यसैबिच सामाजिक सञ्जालहरुमा खेतमा हिलोसँग खेलेका तस्बिर मज्जैले सेयर भए । साथै नेपाली कला क्षेत्रका कलाकारहरु पनि मंगलबार हिलोमा रमाइरहेको देखियो । कलाकार दीपाश्री निरौलाले पनि केही तस्विर फेसबुकमार्फत् सार्वजनिक गर्नुभयो । जसमा उहा र अभिनेत्री स्वस्तिमा खड्का खेतमा रमाइरहेका देखिन्छ । अधिकांश कलाकारहरुले चर्चाकै लागी असार १५ को दिन हिलोमा टेक्ने गरेको पाइन्छ । यी दुई कलाकारमा पनि लगभग त्यहि कुरा लागु हुन्छ । अर्थात कुनै काम गर्ने मनशाय नभई रमाइलोका लागी केहिबेर हिलोमा रमाइरनुभएको थियो । साथै तस्बिरमा कालो चस्मा लगाएको देखेर दर्शकले सामाजिक सञ्जालमा बिभिन्न प्रतिक्रिया पनि दिइरहेका छन् । यतिकैमा प्रेमेश नेपाल नामक प्रयोगकर्ताले व्यङ्ग्य गर्दै लेख्नुभएको छ, ‘चश्मा लगाएर धान रोप्न जाने नमूना पनि देखियो ।’ त्यस्तै नारायण दाहालले प्रश्न गर्नुभएको छ, ‘फोटो खिच्नमात्र खेतमा जानेहरुको पोष्टले वास्तविक किसानहरुको अपमान भएजस्तो लाग्दैन ?’
उहाहरू भक्तपुरमा रास्ट्रिय युवा संघ नेपालले आयोजना गरेको असार १५ विशेष कार्यक्रममा पुग्नुभएको थियो । अन्य केहि कलाकारहरुले पनि सामाजिक सञ्जालमा धान रोपेको तस्बिर पोष्ट गर्नुभएको छ । अभिनेत्री सुष्मा अधिकारीले पनि बिभिन्न शैलीका तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको छ । रातो सारीमा हिलोमा पुग्नुभएकी सुष्माले पनि फोटोसुटकै लागी दुख गर्नुभएको थियो ।
आर्टिष्ट खबर/ साउन, काठमाडौं । नयाँ चलचित्र ‘२ नम्बरी’को प्रदर्श
August 09, 2022
आर्टिष्ट खबर/ साउन, काठमाडौं । अमेरिकाको एटलान्टामा ४ देखि ७ अगष
August 09, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: