आदिकवि सम्झिँदै साहित्यिक कार्यक्रम

Posted on: July 15, 2021
असार, काठमाडौं ।

२०८ औँ भानुजयन्ती भर्चुअल रूपमा एक कार्यक्रम गरी सम्पन्न गरिएको छ ।  भूगोल साहित्य समाज, काठमाडौं, पाल्पा साहित्य समाज, तानसेन तथा पाल्पाली संगम, काठमाडौंको साहित्य विभागको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा सहभागी साहित्यकारहरूले आदिकवि भानुभक्त आचार्य र पाल्पाको सम्बन्धका विषयमा चर्चा गर्दै कवितावाचन गर्नुभएको थियो ।  

कार्यक्रममा पदम न्यौपाने, सीता विष्ट कार्की, राजेन्द्रगोपाल सिंह, पुष्कर अथक रेग्मी, विनोद नेपाल, भागवत खनाल, नैना नेपाल ढकाल, शान्ता शाक्य, दिनेशविक्रम थापा, मुकुन्द अर्याललगायतको सहभागिता थियो । कार्यक्रम पाल्पाली संगमका अध्यक्ष पदम न्यौपानेको सभापतित्वमा सम्पन्न भएको थियो ।




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
Contact: +9779851279301
Email: [email protected]