कलाकार शम्भुराज थापा ‘बखते’को कोरोनाबाट निधन

Posted on: August 21, 2021
आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।  

वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । शनिबार विहान ४ः४० बजे पाटन अस्पतालमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । कोरोना सक्रमित भएपछि थापालाई दुई साताअघि पाटन अस्पताल भर्ना गरिएको थियो ।

थापाले पछिल्लो समय टेलिफिल्म हल्का रमाइलो, गोलमाल, भद्रगोल, मेरीबास्सैमा अभिनय गर्नुभएको थियो । थापा चलचित्र ‘आफ्नो बिरानो’ का निर्माता पनि हुनुहुन्छ । थापाले मह सन्चारका टेलिचलचित्रमा पनि काम गर्नुभएको छ । 



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]