नायिका ऋचा शर्मालाई पुत्रलाभ

Posted on: September 08, 2021
आर्टिष्ट खबर/ भदौ, काठमाडौं । 

नायिका ऋचा शर्माले छोरालाई जन्म दिनुभएको छ । बुधबार बिहान अस्पताल भर्ना भएको र बिहानै छोरालाई जन्मदिएको  पारिवारिक स्रोतले जनाएको छ । आमा र छोराको अवस्था स्वस्थ रहेको छ । ऋचाको सिजर गरिएको वुझिएको छ । 

नायिका ऋचा शर्माले करिब २ वर्ष अगाडि दिपेक्षा विक्रम राणासँग बिहे गर्नुभएको थियो । पहिलो चरणको लकडाउनपछि ऋचा गर्भवती हुनुभएको थियो । ऋचा पछिल्लो समय ‘कमेडी च्याम्पियन २’को निर्णायकको रुपमा काम गरिरहनु भएको थियो ।



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]