छायांकनको क्रममा कलाकार रमेश केसीको निधन

Posted on: September 19, 2021
आर्टिष्ट खबर/ असोज, काठमाडौं ।  

कलाकार रमेश केसीको एक भिडियो छायांकनको क्रममा निधन भएको छ । ६९ बर्षिय रमेशको आज (आइतबार) बिहान ९ बजे छायांकन सेटमै एक्कासी बेहोस हुन पुग्दा निधन भएको थियो ।   

कलाकार उत्तम केसीका अनुसार रमेश छायांकन सेटमा पुगेर केही समयपछि उहाँ बेहोस हुनु भएको थियो ।बेहोस भए लगतै उहाँलाई गंगालाल हृदयरोग केन्द्रमा पुर्याइएको थियो । अस्पताल पुर्याइए लगतै उहाँलाई मृत घोषित गरिएको हो । कलाकार केसीको आइतबार नै पशुपति आर्यघाटमा अन्येष्टि गरिएको छ । 

नाटक ‘अन्जान’बाट आफ्नो अभिनय यात्रा सुरु गर्नुभएका कलाकार केसीले  ‘के सक्कली के नक्कली , यमपुरीमा जिउँदो मान्छे, क्रसमा टाँगिएको जिन्दगी, मुनामदन, पृथ्वीनारायण, मोदीआइन, एकेएन लगायतका नाटकमा अभिनय गर्नुभएको थियो ।  यस्तै, उहाले ‘जे भो राम्रै भो, रहर, लोभी पापी, चङ्गा’ लगायतका चलचित्रमा अभिनय गरेका थिए । कलाकार केसीले ‘ हर्के हवल्दार, तितो सत्य, अब अती भो, च्वास्स चुस्स, आफ्नै कथा, एकादेशको चुरीफुरी, लक्ष्मी र आम्मै’ लगायतका सिरियलमा समेत काम गर्नुभएको थियो ।  वि.सं २००९ सालमा जन्मिएका रमेशको २ छोरा, ३ छोरी र श्रीमती छन् । 



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]