सविनाको एकल चित्रकला प्रदर्शनी सुरु

Posted on: September 29, 2021
आर्टिष्ट खबर/ असोज, काठमाडौं । 

डा. सविना श्रेष्ठको एकल चित्रकला प्रदर्शनी सुरु भएको छ । शताब्दी पुरुष साहित्यकार एवं संस्कृतिविद सत्य मोहन जोशीले प्रदर्शनी उद्घाटन गर्नुभएको हो । कलाकार डा. सविना श्रेष्ठका सिर्जनामा प्रकृति, जीवन र जगतका विभिन्न पक्षहरुको चित्रण गरिएका छन् । रङ्गहरुको छनोट र मिश्रणद्वारा सिर्जित उहाका चित्रहरुमा अमूर्त भावहरुको प्रदर्शन पनि भेटिन्छन् ।

प्रदर्शनीबाट संकलन भएको रकम ‘प्रोफेशनल सपोर्ट सर्भिस नेपाल’ नामक गैह्र सरकारी संस्थाबाट गरिने सामाजिक कार्यहरुमा सहयोगका लागि प्रदान गरिनेछ । प्रा. डा. सविना श्रेष्ठ एक चिकित्सक तथा आँखा रोग विशेषज्ञ प्राध्यापक समेत हुन् ।




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]