
आर्टिष्ट खबर/ असोज, काठमाडौं ।
निर्देशक तथा कलाकार शोभित बस्नेतले अबदेखी राजेश हमाललाई महानायक नै भनेर सम्बोधन गर्ने बताएका छन् । केहिसमय अघि चलचित्र डाँडाको बरपिपलको एक कार्यक्रममा महानायक भूवन केसीलाई भन्नुपर्ने भन्दै तर्क राखेका शोभितले पछिल्लो समय आफूले गल्ति बोलेको भन्दै माफि मागेका थिए ।
यस्तै बुधबार ठमेलस्थित अलफ्ट होटलको एक कार्यक्रममा भेटिएका शोभितले अबदेखी राजेश हमाललाई महानायक, भूवन केसीलाई सुपरस्टार र शिव श्रेष्ठलाई युग नायक भनेर सम्बोधन गर्ने बताएका हुन् । शोभितले भनेका छन्, ‘मैले गल्ति गरेको रहेछु । अबदेखी गल्ति गर्दिन् ।’ उनले राजेश हमालसँग भेट भएको र यो बिषयमा कुरा भएको पनि बताए । उनले अगाडी भनेका छन्, ‘राजेश जीले दुबैजना नेपाली चलचित्र क्षेत्रमा लामोसमय बिताएका कलाकार हौं, किन यस्तो बिषयमा बहस गरेका छौं । यो बिषयलाई नलम्ब्याउनु भन्नुभयो ।’
आर्टिष्ट खबर/ साउन, काठमाडौं । भगवान श्रीकृष्णको जन्मदिन अर्थात
August 15, 2022
आर्टिष्ट खबर/ साउन, काठमाडौं । अभिनेता तथा निर्माता विक्रम डि जो
August 15, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: