मोडलिङमा पुजाको ब्यस्तता बढ्दो

Posted on: November 11, 2021
आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं । 

नेपाली कला क्षेत्रमा चलचित्र 'चुरिफुरी'बाट डेब्यु गरेकी कलाकार हुन् पुजा पन्त क्षेत्री । आउँदो पुस ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रमा काम गरेसँगै पुजाको ब्यस्तता बढेको छ । पहिलो चलचित्रपछि उनले थुप्रै म्युजीक भिडियोमा पनि काम गरिसकेकी छिन् । 


मिहिनत र लगनशिलताका कारण उनी म्युजीक भिडियो निर्माता तथा निर्देशकको रोजाईमा पर्ने पर्छिन् । 'मलाई काम राम्रो गर्नुपर्छ भन्ने हुन्छ । आफूलाई आएको काम कसरी राम्रो गरौं भन्ने हुन्छ । अहिलेसम्म गरेका काममा न्याय पुर्ण तरिकाले गरेकी छु भन्ने लाग्छ ।' पुजाले आर्टिष्ट खबरसँग भनिन् । 'अभिनयको कला मार्फत दर्शकको रोजाईमा पर्न सकुँ भन्ने लाग्छ ।' पुजाले एस.बि.पि.डाइमन ब्राण्डको बिज्ञापनमा समेत काम गरिसकेकी छिन् ।



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]