गायिका रचना रिमालले सुरु गरिन् सांगितिक शिक्षाको क्लास

Posted on: November 25, 2021
आर्टिष्ट खबर/ मंसिर, काठमाडौं । 

पछिल्लो समयकी लोकप्रिय गायिका रचना रिमालले औपचारिक रुपमा सांगितिक शिक्षा लिन सुरु गरेकी छिन् । नेपाली सांगितीक क्षेत्रमा प्रवेश गरेको छोटो समयमी दर्जनौं गीत लोकप्रिय भएसँगै रचनाको ब्यस्ता निकै बढेको थियो । हिजो (मंगलबार)बाट गुरु चन्डी प्रसाद काफ्ले सँगै औपचारिक रुपमा सांगितकी शिक्षा सुरु गरेको सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएकी छिन् । 

नेपाल आइडल सिजन ३ मा गएर बाहिरिएकी रचनाले गाएका मध्ये 'फोटो फिरिममा, उनको प्रिती, सुनन पियारी' लगायतका गीत हिट छन् । सानो उमेरमै मिठो स्वर भएको भन्दै बिभिन्न अनलाइन मिडियाका अन्तर्वार्ताबाट चर्चामा आएसँगै रचनाको ब्यस्तता बढेको थियो । 



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]