
आर्टिष्ट खबर/ पुस, काठमाडौं ।
कलाकार जगन्नाथ भण्डारीको निधन भएको छ । प्रायजसो लोक दोहोरी गीतमा नाँचिरहने जगन्नाथको आइतबार निधन भएको हो । उहाँले केहि चलचित्रसँगै बिज्ञापनमा पनि काम गर्नुभएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले भण्डारीको निधन भएको सामाजिक सञ्जालमार्फत पुष्टि गर्नुभएको छ । यस्तै अहिले थुप्रै कलाकारले उहाँको निधन प्रति श्रद्धान्जली ब्यक्त गरिरहनुभएको छ । कलाकार बद्री पंगेनी, शंकर बिसी, जानकी तारामी मगर, जमुना राना, पुर्णकला बिसी, दीपक खड्का, बबिता श्रेष्ठ, सन्तोष मग्राती लगायतका कलाकारले अहिले सामाजिक सञ्जालमार्फत जगन्नाथ भण्डारीलाई श्रद्धान्जली दिनुभएको छ ।
झण्डै २० बर्षदेखी उहाँ नेपाली लोक तथा दोहोरी गीत सँगै बिभिन्न चलचित्रमा काम गर्दै आउनुभएको थियो । उहाँ अधिकांश गीतमा नाचेको देखिन्थ्यो । यस्तै उहाँले अमिताभ बच्चनको फिल्ममा सामान बोक्ने काम गर्नुभएको थियो । जुन फिल्म नेपालमै सुटिंग भएको थियो ।
साथै उहाँले नेपालका चर्चित हाँस्य सिरियलहरु तितो सत्य, मेरी बास्सै, जिरे खुर्सानी, झ्यांईकुटी झु्याईंसँगै आईएमई को बिज्ञापनमा पनि काम गर्नुभएको छ । यस्तै उहाँले कहाँ भेटिएला, मजबुर, ढुकुटी, माला लगायतका चलचित्रमा काम गर्नुभएको छ । जोरपाटी, नारायनटार घर हुनुभएका जगन्नाथको श्रीमती र छोरा हुनुहुन्छ ।
चारबर्ष अघि गरिएको कुराकानी हेर्नुहोस् ।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी–४’ आज (शुक्
May 27, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नयाँ गीत ,‘बाचा कसम’ सार्वजनिक गरिएको छ
May 27, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: