
आर्टिष्ट खबर/ पुस, काठमाडौं ।
नयाँ चलचित्र छायांकनका लागी अभिनेता दयाहाङ राई यतिबेला भोजपुर पुग्नुभएको छ । चलचित्र ‘गाउँ आएको बाटो’ छायांकनलागी केही दिनदेखि भोजपुर पुग्नुभएका राई चलचित्रको मुख्य कलाकार हुनुहुन्छ । राईले गाउँले पुरुषको भूमिका निर्वाह गरिरहनुभएको छ ।
चलचित्रको छायांकन सेटबाट निर्माण युनिटले केही तस्बिर समेत सार्वजनिक गरेको छ । दयाहाङको गेटअप गाउँले पुरुषको देख्न सकिन्छ । तस्बिरमा उहाको साथमा अभिनेत्री पशुपति राई तथा एक बाल कलाकार पनि देखिनुभएको छ । नवीन सुब्बाले निर्देशन गरिरहेको यो चलचित्रमा दयाहाङ र पशुपतिको अलावा खानुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बा लगायतका कलाकारको अभिनय रहनेछ ।
मार्किन कापरोन छायांकार रहेको चलचित्रमा महेश राई र नवीन सुब्बाको लेखन छ । चलचित्रको निर्मातामा अमोद राई रहनुभएको छ । कार्यकारी निर्मातामा नेपालबाट सञ्जु राई, हङकङबाट देवराज राई, यूकेबाट नरहाङ राई र अमेरिकाबाट भीम राई रहनुभएको छ । दयाहाङले केही अगाडि मात्र फिल्म ‘कबड्डी ४’ को छायाङ्कन सकाउनु भएको थियो ।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी–४’ आज (शुक्
May 27, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नयाँ गीत ,‘बाचा कसम’ सार्वजनिक गरिएको छ
May 27, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: