
आर्टिष्ट खबर/ पुस, काठमाडौं ।
हास्य अभिनेत्री पल्पसा डंगोल (चम्सुरी)लाई यस वर्षको विष्णुभक्त फुयाँल रंगकर्मी सम्मान प्रदान गरिएको छ । बिष्णु भक्त–तारादेवी स्मृति गुठीद्वारा मंगलबार आयोजित पाँचौ स्मृति सभामा डंगोललाई २० हजार नगदसहित सो सम्मान प्रदान गरिएको हो । डंगोल तीन दशकदेखि कलाकारितामा सक्रिए हुनुहुन्छ ।
५ वर्ष अघि राष्ट्रिय नाचघरमा प्रदर्शन गरिएको एक नाटकमा राजा जनकको भूमिकामा अभिनय गर्दागर्दै कलाकार फुयाँलको निधन भएको थियो । कलाकारितामा करिव ५ दशक बिताउनु भएका वरिष्ठ रंगकर्मी फुयाँलको स्मरण गर्दै पुरस्कार स्थापना गरि हरेक वर्ष स्मृतिसभा आयोजना गरि सो सम्मान गरिदै आएको छ ।
स्मृति सभा कार्यक्रममा गुठीका सदस्य एवं फुयाँलका छोरा कमलले बुबाले नाटकको माध्यमबाट सामाजिक रूपान्तरणमा पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो । यस अगाडि यो पुरस्कार कलाकार राजेन्द्र गड्तौला, लक्ष्मणसिंह बस्नेत, रमेश केसी मट्टारेले पाउनु भएको थियो ।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी–४’ आज (शुक्
May 27, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नयाँ गीत ,‘बाचा कसम’ सार्वजनिक गरिएको छ
May 27, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: