नेपाल आइन् भारतीय गायिका असीस कौर

Posted on: January 07, 2022
आर्टिष्ट खबर/ पुस, काठमाडौं । 

शनिबार काठमाडौंको क्लब प्लेटिनममा प्रस्तुती दिनका लागी भारतीय गायिका असीस कौर नेपाल आइपुगेकी छिन् । शुक्रबार दिउँसो काठमाडौं आइपुगेकी असीसलाई आयोजक टिमले स्वागत गरेको थियो । 

असीसले शनिबार काठमाडौंको क्लब प्लेटिनमा आयोजना हुने ‘राता लम्बिया नाइट विथ असीस कौर’ कन्सर्टमा दर्शकलाई झुमाउनेछिन् । फेलिज इन्टरनेशनल इभेन्टले यो कार्यक्रम आयोजना गर्न लागेको हो । गायिका असीसले गाएको ‘राता लम्बिया’ बोलको गीतलाई दर्शक तथा स्रोताले निक्कै रुचाएका छन् ।



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]