स्टारडम जोख्ने माध्यम केहि छैनः पल

Posted on: January 11, 2022
आर्टिष्ट खबर/ पुस, काठमाडौं । 

नायक पल शाहले स्टारडम जोख्ने माध्यम नभएको बताउनु भएको छ । सोमबार काठमाडौंमा आयोजीत एक कार्यक्रममा नायक पललाई मिडियाकर्मिले प्रश्न गरेका थिए । नायक अनमोल केसी, प्रदीप खड्का र पल शाहको स्टारडम एकैठाउँमा थियो, जब तपाईले अत्यधिक म्युजीक भिडियो खेल्नुभयो अहिले स्टारडक अनमोल र प्रदीपको भन्दा खस्किएको हो ? तपाईलाई के लाग्छ ? 

यो प्रश्नमा पल भन्छन्, ‘सुरुमा त स्टारडम जोख्ने माध्यम के छ ? त्यो मलाई देखाइदिनुस् । अरुले के गरेको छन् त्यो कुरा गर्नुभन्दा पनि म प्रत्येक नेपालीको घरघरमा पुग्न चाहान्छु । प्रत्येकको मनमा बस्न चाहान्छु ।’ पलले आफूले गरेका म्युजीक भिडियो तथा चलचित्र सबै सफल भएको र जुन दिन असफल वा म्युजीक भिडियोबाट नराम्रो प्रतिक्रिया आउँछ त्यसपछि यस्ता प्रश्नहरुको उत्तर दिने बताउनु भयो ।  




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]