भारतीय गायक अनुग्रहको नेपाली गीत

Posted on: January 17, 2022
आर्टिष्ट खबर/ माघ, काठमाडौं । 

भारतका लोकप्रिय गायक अनुग्रह बिष्टले नेपाली गीत ‘नशा’ गाउनुभएको छ । शान भुसालको शब्द तथा संगीत रहेको गीत अनुग्रहले मुम्बईको बी.बी.जे. स्टुडियोमा रेकर्ड भएको हो । गीत भिडियो सहित सार्वजनिक भएको हो । अमेरिकाको डलासमा छायांकन भएको भिडियोमा जोर्ज ओटेरो, एलेक्सजेन्ड्रीया पास्कुसी, अंकित शर्मा र दिपेश आचार्यको अभिनय छ ।

लुसेन्ट फिल्मस्को ब्यानरमा निर्मित भिडियोका निर्देशक छायांकन तथा सम्पादन विकास बराईली हुनुहुन्छ । भिडियोमा एक युवकको आगमनले श्रीमान् श्रीमतीको जीवनमा आउँने उतार चढाप देखाउन खोजिएको छ ।


 




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]