
आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।
लोकप्रिय गायिका मेलिना राईले प्रेमी सन्जीव बराइलीसँग इन्गेजमेन्ट गरेकी छन् । मेलिना आफैले शुक्रबार फेसबुकमा तस्बिर सेयर गर्दै आफूले इन्गेजमेन्ट गरेको जानकारी गराइन् ।
यता बराइलीले पनि मेलिना राईसँग इगेजमेन्ट गरेको तस्बिर सार्वजनिक गरेका छन् । उनीहरूको इन्गेजमेन्टलाई लिएर सामाजिक सञ्जालमा अन्तरजातीय बिवाहाले समाज रूपान्तरणको लागि महत्त्वपूर्ण भूमिका खेलेको भन्दै शुभकामना र बधाई दिइरहेका छन् ।
सन्जिव बराईलीसँग केहि समय पहिले नै इन्गेजमेन्ट भईसकेको थियो तर यो जोडीले सुचना गोप्य राखेको थियो । अहिले आएर दुबैजनाले सामाजिक मार्फत जानकारी गराएका हुन् । बुझिए अनुसार उनिहरु दुई बर्षयता प्रेमसम्बन्धमा थिए र छिट्टै बिहे गर्ने तयारीमा छन् ।
को हुन् मेलिना राईका हुनेवाल श्रीमान सन्जीव बराइली
सन्जिव बराईली झापा विर्तामोडका हुन् । उनी लोकप्रिय तथा ब्यस्त गितारिष्ट तथा म्यूजिक कम्पोजर हुन् । उनका एरेन्जमेन्ट गरेका थुप्रै गीत लोकप्रिय छन् । केही समय अगाडि लोकप्रिय बनेको ‘फुलबुट्टे सारी’ उनैले एरेन्ज गरेको गीत हो । सञ्जीव अहिलेका व्यस्त र रोजाइका संगीतकारको पहिलो च्वाइसका एरेन्जर र गिटारिष्ट भएको धेरै संगीतकार बताउँछन् ।
.चलचित्र ‘नाईं नभन्नू ल–५’को ‘तिम्रो आँखामा आँखा जुधाई...’ बोलको गीतको एरेन्जर पनि सन्जिवले नै गरेका हुन् । उक्त गीतमा मेलिना राईको स्वर छ । मेलिनाका थुप्रै गीतमा सञ्जीवको एरेन्ज छ । यस्तै हरि लम्सालको ‘हलि दाइ’मा सञ्जीवले गितार बजाएका छन् । यो गीतको भिडियोमा पनि उनलाई गितार बजाइरहेको देख्न सकिन्छ ।
सञ्जिव काठमाडौं बसेर लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय छन् । मोरङ घर भएकी गायिका मेलिना पनि लामो समयदेखि काठमाडौंमा बसेर सांगीतिक क्षेत्रमा क्रियाशिल छिन् । दुबै जनालाई आर्टिष्ट खबर डटकम परिवारको बधाई तथा शुभकामना ।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी–४’ आज (शुक्
May 27, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नयाँ गीत ,‘बाचा कसम’ सार्वजनिक गरिएको छ
May 27, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: